Friday, August 5, 2011

nepali song of ram krishna dhakal

Artist:  Ram Krishna Dhakal
Title:  Timra Lagi Jyan
Album:  Unknown
view: 303 times
तिम्रा लागि ज्यान दिन्छु
तिमी मेरो मनको राजा
संगै जिउने संगै मर्ने
हाम्रो चोखो चोखो नाता
यो त सब भन्ने कुरा न हो

कसलाई फुर्सद हुन्छ यँहा
कोही अरुको बारे सोच्ने
आफ्नो खुसी मेटाएर
कोही अरुको पीर बोक्ने
तिमीलाई दिन्छु फूलै फूल
म त लिन्छु काँडै काँडा
यो त सब भन्ने कुरा न हो

सुरुमा त बाचा बाँधी
आकाशको तारा झार्छन
जब मिल्छ महल अनि
झुप्रोलाई माया मार्छन
हाम्रो प्रेम निस्वार्थ छ
जुनि जुनि को यो साथ
यो त सब भन्ने कुरा न हो

तिम्रा लागि ज्यान दिन्छु
तिमी मेरो मनको राजा
संगै जिउने संगै मर्ने
हाम्रो चोखो चोखो नाता
यो त सब भन्ने कुरा न हो
l

No comments:

Post a Comment