हल्ला चलेछ राजै चर्चा चलेछ - २
ओ.......मै बिदेश जाँदा
बिदेशैमा बसेछ भनेर
उतैतिर घरजम भो भनेर
(हल्लै हल्लाको संसार
आउँदैछु म माया नमार) २
कसरी म भुल्छु नि लै लै
तिम्रो त्यो मायालाई २
रोदिघरमा गाएको लै लै
लैबरि भाकालाई
दैब साक्षी छ
माया मेरो सच्चै चोखो छ २
(हल्लै हल्लाको संसार
आउँदैछु म माया नमार) २
पर्खाइमा भिज्यो सिरानी
सम्झनीमा बित्यो सपनी
सुन सुन साथी है संगी
यो गीत् रच्दैछु २
झुटो बोले मरि जौ लै लै
केहि दिन मै आउदैछु
सम्हाल आफुलै
कुरा काट्न देउ है काट्नेलाई
(हल्लै हल्लाको संसार
आउँदैछु म माया नमार) २
हो बिदेशैमा बसेछ भनेर
|
No comments:
Post a Comment