एकै नजरमा माया बस्यो है
लुकिछिपी हेरिदिनाले
त्यो आँखाले ज्युँदै मार्यो है
ओठ टोकी हाँसी दिनाले
फुल हौ कि जुन तिमी
कहाँ सजाइ राख्ने
छाती भित्र राख्ने हो कि
आँखा भित्र राख्ने
एकै बोलीले गोली लाग्यो है
मिठो बचन गरिदिनाले
पागल भएछु म तिम्रो लजालु नयन देखी
होसमा छैन मन मेरो गुलाबी अधर हेरी
के पो जादु हो यो तिम्रो बुझ्न मैले सकिएन
जुन छुने लक्ष्य राखी मन मेरो थामिएन
हावासँगै बरालिइ ओठ तिम्रो चुम्न खोजेँ
तिम्रो मिठो बोलीले नै एकान्तमा आफैँ भुलेँ
सजाइदिउँ कि तिमीलाई मैले फुल खाई कि्रया सँगै
लुकाइदिउँ कि छाती भित्र मायाको यो बोली सँगै
बाँसुरीको धुन तिमी मेरो सरगमको
लेखिदिउँ कि रगतले गित यो मिलनको
लौन मलाई अन्धो पार्यो है एकैछिनको चिनाजानीले
त्यो आँखाले ज्युदैँ मार्यो है
ओठ टोकी हाँसी दिनाले
No comments:
Post a Comment