Friday, August 5, 2011

nepali song of bibek shrestha

Artist:  Bibek Shrestha
Title:  Tagaroma Rumaal Raakhi
Album:  Barshau Pachhi
view: 349 times
(तगारोमा रुमाल राखी
बाटो छेक्यौ तिमीले)---२
(त्यही रुमालमा पन्चासेको
त्यही रुमालमा पन्चासेको
फुल राखे मैले)---२

तगारोमा रुमाल राखी
बाटो छेक्यौ तिमीले

(भिर थियो पाखा थियो
गीतको मिठो भाका थियो
लुकि लुकि चियाउने गाजलु त्यो आँखा थियो)---२

(अंगेनामा गुन्द्रुक् मकै
राखी दियौ तिमीले)---२
त्यही मकैमा पोखराको
त्यही मकैमा पोखराको
दिल राखे मैले

तगारोमा रुमाल राखी
बाटो छेक्यौ तिमीले

(हिंड्नु थियो टाढा थियो
मन कस्तो आधा थियो
संगै बस्ने रहर् थियो
घर गाँउको बाधा थियो)---२

पर पुगि फर्कि फर्कि
यसो हेरे मैले
यस्तो लाग्यो जिन्दगीमा
यस्तो लाग्यो जिन्दगीमा
भेट हुन्छ कहिले

(तगारोमा रुमाल राखी
बाटो छेक्यौ तिमीले)---२
(त्यही रुमालमा पन्चासेको
त्यही रुमालमा पन्चासेको
फुल राखे मैले)---२

तगारोमा रुमाल राखी
बाटो छेक्यौ तिमीले

No comments:

Post a Comment